काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी पराजित भएको छ  । गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टर न्यु क्यासलसँग ४-२ ले स्तब्ध बनेको हो । 

खेलको २४औं मिनेटमा जोसेप विललकको गोलबाट न्युक्यासलले सुरुवाती अग्रता लिएको थियो । ३४औं मिनेटमा पउल डुम्मेटले  गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई ३-० को अग्रता दिलाए । ७३औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै न्युक्यासललाई फराकिलो जितततर्फ अघि बढाए । 

त्यसपछि ८०औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने कोसिस गरे । ८७औं मिनेटम केलिची इहानाचोले गोल गर्दै खेललाई ४-२ को अवस्थामा ल्याएपनि थप गोल हुन नसक्दा न्युक्यासल विजयी बन्यो । 

हारसँगै लेस्टरले अन्तिम चारको यात्रालाई थप मजबुत बनाउनबाट चुकेको छ । ३५ खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा छ । न्युक्यासल भने ३९ अंकसहित १३औं स्थानमा उक्लिएको छ ।