काठमाडौं - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले श्रीलंकालाई ६-०  गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

योसँगै नेपालले समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । अब नेपाल सेमिफाइनलमा भारतसँग भिड्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन् ।

सविता रानामगर र सावित्रा भण्डारीले समान एक गोल थपे । खेलको अतिरिक्त समयमा, ९३ औं मिनेटमा रस्मी कुमारी घिसिङले गोल गर्दै नेपालको जितलाई ६-० को फराकिलो अन्तरमा पुर्‍याइन् ।

श्रीलंकालाई हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेको छ भने अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ बाट बंगलादेश विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अब सेमिफाइनल खेल आइतबार हुनेछ ।