काठमाडौं - राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् । 

सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाका एक सदस्य राष्ट्रिय सभामा भएका हुन् । 

जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सदस्य छन् ।  राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभामा एमाले- माओवादी गठबन्धनबाट २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।