सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय
खबर एक्सप्रेस
२०७८-०२-११ ०१:०७ मा प्रकाशित
Total Shares: 377
काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको संघका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।
यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तरराष्ट्रिय समूदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।
फेसबुक पेज Like गर्नुहोस