चितवन राइनोजसँग भिड्दै जितविहीन लुम्बिनी
काठमाडौं - काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।
आज हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् । दुई टीमबीचको खेल बिहान ९ बजे शुरू हुनेछ ।
आफ्नो पाँचौँ खेलमा चितवनविरुद्ध मैदान उत्रिँदा लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी प्रतियोगितामा जितविहीन एकमात्र टोली हो ।
लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारेको छ । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।
यता, प्रतियोगिताका चारमध्ये तीन खेलमा जित निकालेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । यस्तै, दोस्रो खेलमा दिउँसो सवा १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् । दिउँसो हुने दोस्रो खेलमा कर्णाली तेस्रो जितको खोजीमा हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस