इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०१-२७ ०७:३८ मा प्रकाशित
Total Shares: 258
एजेन्सी - इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ ।
त्यहाँका सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४३ जनाको मृत्यु भएसँगै कुल संख्या ३० हजार २ सय १ पुगेको हो । यस्तै, १ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म ।
इटलीमा हालसम्म कोरोनाबाट २ लाख १७ हजारको मृत्यु भएको छ भने ९९ हजार निको भएका छन् ।
इटली कोरोनाबाट बेलायत र अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश हो ।
फेसबुक पेज Like गर्नुहोस