सुनको मूल्य एक हजार रुपैयाँले बढ्याे
खबर एक्सप्रेस
२०७८-११-०५ ११:३५ मा प्रकाशित
Total Shares: 213
काठमाडौं - सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस