काठमाडौं - काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् ।

भारतीय प्रहरीको समन्वयमा भारतको मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याइँदै गरेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए । उनलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ ।

०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जलाएको आरोप छ ।