जाजरकोट केन्द्रविन्दु भएर गयो भूकम्प
खबर एक्सप्रेस
२०८१-०२-२४ ०८:२८ मा प्रकाशित
Total Shares: 80
काठमाडौं-जाजरकोटमा भूकम्पको धक्का महशुस गरिएको छ ।
आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
यसअघि सामबार राति लमजुङ जिल्लाको ताँजेगाउँ र मंगलबार बिहान दैलेख केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस