गुठी र खलःपुचले निर्णय नगर्दासम्म रथ नतानिने
काठमाडौं - रातो मच्छिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ । बिहीबार दिउँसो रथ तान्ने विषयमा स्थानीय केही युवा र प्रशासनबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्न भएको हो ।
स्थानीय युवाले निषेधाज्ञा तोडेर रथ तान्न खोज्दा प्रहरीसँग झडप भएको थियो । कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको रथजात्रा सुरु नभएपछि केन्द्रीय गुठी संस्थान र ललितपुर महानगरभित्रका नेवार समुदायका १९ जातीय खलःपुचको बैठक बसेको थियो ।
ज्यापु समाजका युवा तथा श्रम विभाग प्रमुख किरण डंगोलले गुठी संस्थान र ललितपुर महानगरभित्रका १९ जातीय खलःपुचको बैठक बसिरहेको र तीनको निर्णयअनुसार नै रथ जात्रा तानिने बताए । रथ तान्ने जात्रा देशभरका सबै नेवार जातिको भएकाले यसलाई कुनै पनि व्यक्ति र समूहप्रति लक्षित गरेर विवाद गर्न नहुने उनले बताए ।
कोभिड( १९ संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि बिहीबार भेला भएका युवालाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दै केही संख्यामा स्थानीय युवा रथ बिराजमान गराइएको स्थान पुल्चोकमा भेला भएका थिए । युवाले रथ बिराजमान गराइएको ठाउँबाट रथ तानेर सडकको बिचमा पुर्याएको देखिन्छ ।
सोही रथ तान्न पुगेका भीडलाई हटन प्रहरीले आग्रह युवाले प्रतिकार गरेका थिए । जसका कारण प्रहरी र युवाबीच झडम नै हुन पुग्यो । युवाले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोरसँगै केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा परी केही व्यक्ति घाइते भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस