काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबार असिनापानी परेको छ।
अपह्रान्हदेखि काठमाडौं उपत्यका लगायत देशका अधिकांश तराइ तथा पहाडी भेगमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले प्रि मनसुन पनि सुरु भएको जनाएको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा साँझसम्म नै वर्षा हुनेछ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले मुलुकका सबैजसो भेगमा साँझसम्म वर्षा हुने संभावना रहेको जानकारी दिइन्।
उपत्यकामा असिनापानी, अधिकांश स्थानमा माैसम बदली
खबर एक्सप्रेस
फाल्गुन २३, २०७६
३६२


.gif)

