झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुल्यो
काठमाडौं - त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुलेको छ ।
धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नगरपालिका–१का नरेन्द्र खत्री, गोरखा भिमसेन गाउँपालिका–४ बस्ने मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ का विनायक भट्टराई र गोरखा धोर्चे गाउँपालिका–७ बस्ने सुके दमै रहेका छन् ।
त्यस्तै पहिरोमा बागलुङ बडिगार्ड गाउँपालिका–२का इन्द्रजित राना, भिमकुमारी राना, जुम्ला सिजा गाउँपालिका–६ का हरिबहादुर बुढा, धादिङ ज्वालामुखी गाउँपालिका–२ की लिलामाया तामाङ, सर्लाही चक्रघट्ट गाउँपालिका–६ का वसन्त शाह, सप्तरी सप्तकोसी नगरपालिका–७ का नन्दप्रसाद किशोर चौधरी र तनहुँ ब्यास नगरपालिका–५ का लेखनाथ ओझाको मृत्यु भएको हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस