काठमाडौं - नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार मृतकको संख्या भने ७ सय ५७ पुगेको छ ।

त्यस्तै आइतबार ३ हजार ७ सय ९० संक्रमित थपिएका छन् । हाल कुल संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  सक्रिय संक्रमितको संख्या भने ४० हजार नाघेको छ । मन्त्रालयका अनुसार ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना निको भएर डिस्चार्ज भएका छन् ।