बायर्न लगातार नवौं पटक बुन्डेसलिगा च्याम्पियन
काठमाडौं - बायर्न म्युनिख लगातार नवौं सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । गएराति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखमाथि ६०को निकालेसँगै दुई खेल बाँकी छदै बायर्न च्याम्पियन बनेको हो ।
खेलको दोस्रो मिनेटमा नै रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटमा थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर पारे । ३४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै ३०को अग्रता दिलाए । ४४औं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्न ४०ले अघि बढ्यो । ६६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे ।
त्यसपछि ७५ औं मिनेटमा डिफेन्डर तान्गुए निन्जोउले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । ८५औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई ६–० को फराकिलो जित दिलाए । जितसँगै शीर्ष स्थानको बायर्नले ३२ खेलमा ७४ अंक जोडेर उपाधि जितेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस