काठमाडौं, एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३-१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेतासहित  नकआउट चरणमा प्रवेश गरेको हो ।

क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले समान एक एक गोल गरे । यता, स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । खेलमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २-१ को अग्रता दिलाए  । 

त्यसपछि खेलको ७७ औं मिनेटमा पेरिसिचले मोड्रिचको पासमा गोल गर्दै क्रोएसियालाई ३-१ को जित दिलाए । यस जितसँगै समूह ‘डी’को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । स्कटल्याण्ड भने १ अंक जोडेर समूहको पुछारमा रहँदै बाहिरिएको छ ।