भारतमा कोरोनाबाट एकैदिन ९२ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-२५ ०७:५५ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयको अनुसार बितेको २४ घण्टामा ज्यान गुमाउनेको संख्या घटेको हो । बितेको २४ घण्टामा ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यसअघि अघिल्लो दिन १ सय २७ जनाको मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म ।
भारतमा कोरोनाबाट अहिलेसम्म १ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ भने ५२ हजार संक्रमित छन् । जसमा तीन हजार ५ सय नयाँ संक्रमित २४ घण्टामा थपिए । १५ हजार संक्रमित निको भएका छन् । भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित दक्षिण एसियाली देश हो ।
फेसबुक पेज Like गर्नुहोस