उपसभामुख माग्न खुमलटार पुगे वरिष्ठ नेता पौडेल
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभामुखबारे कुरा गर्न नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न खुमल्टार पुगेका छन् । मंगलबार दिउँसो नेता पौडेल प्रचण्ड निवास खुमल्टार पुगेका हुन् ।
पौडेल उपसभामुख नेपाली कांग्रेसलाई दिनुपर्ने माग लिएर खुमल्टार पुगेको पौडेलका सहयोग चिरञ्जीवी पौडेलले जानकारी दिए ।
‘नेता पौडेलले अध्यक्षज्युसँग उपसभामुख हामीलाई दिनुस् भन्नुभएको छ,’ नेकपाका एक नेताले भने, ‘जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्र छलफल चलाउँछु भन्नुभएको छ ।’
मंगलबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख पदमा उम्मेदवार नउठाउने निर्णय गरेको थियो । कांग्रेसको यो निर्णयसँगै नेकपाका नेता अग्नि सापकोटा निर्विरोध सभामुख हुने निश्चित भइसकेको छ ।
राष्ट्रियसभा चुनावमा नेकपाले राजपासँग सहकार्य गरेको सन्दर्भमा उपसभामुखमा राजपाले पनि अपेक्षा गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस