पाकिस्तानमा एकैदिन कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-१८ ०७:४३ मा प्रकाशित
Total Shares: 247
काठमाडौं - कोरोना भाइरस संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा रहेको छ ।
वल्र्डोमिटरका अनुसार बितेको २४ घण्टामा पाकिस्तानमा ३१ जनाको संक्रमणबाट ज्यान गएको छ । जुन संख्या पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च हो । यो समाचार तयार पार्दासम्म ।
हालसम्म पाकिस्तानमा कोरोनाबाट तीन सय ४३ जनाको मृत्यु भएको छ भने १५ हजार संक्रमित छन् । जसमा बितेको २४ घण्टामा ९ सय १३ जना थपिएका छन् । ३ हजार ४ सय निको भएका छन् ।
पाकिस्तान दक्षिण एसियामा भारतपछि सबैभन्दा धेरै कोरोना प्रभावित देश हो ।
फेसबुक पेज Like गर्नुहोस