एजेन्सी - अमेरिकाको सान डिएगोस्थित अमेरिकाकी जलसेनाको बेसमा रहेको सैन्य जहाजमा विफोस्ट भएको छ । विस्फोटपछि लागेको आगोले २१ जना घाइते भएका छन् । जसमा १७ जना जहाजका कर्मचारी तथा ४ जना सर्वसाधारण रहेका छन् ।

अमेरिकी जल सेनाका लेफ्टिनेन्ट कमान्डर प्याट्रिसिया क्रुजबर्गरका अनुसार सबै घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।

अमेरिकी समयअनुसार आइतबार बिहान जहाजमा विस्फोटपछि आगलागि भएको सीएनएनले जनाएको छ । यद्यपी, विस्फोटको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

नौसेनाहरु जहाजबाट ओर्लिदैँ गर्दा विस्फोट भएको थियो । त्यसपछि जहाजको वेल डेकबाट आगलागी सुरु भएको अनुमान गरिएको छ ।

आगलागीपछि नजिक रहेका दुईवटा जहाजलाई पर सारिएको सेनाले जनाएको छ । सेनाका अनुसार युएसएस बोनहोम रिचार्ड एउटा युद्धक जहाज हो । घटना हुँदा जहाजमा १६० जना रहेका थिए ।