गाजा पूर्ण कब्जा गर्ने नेतान्याहुको तयारी
खबर एक्सप्रेस
२०८२-०४-२२ ०८:०९ मा प्रकाशित
Total Shares: 118
एजेन्सी - इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतान्याहुले सुरक्षा मन्त्रिपरिषद्सँगको बैठकमा गाजा पट्टीलाई पूणरुपमा कब्जा गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।
एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै यो निर्णय भइसकेको स्थानीय पत्रकारहरूले बताएका छन् । “हामी गाजा पट्टीमा पूर्ण कब्जा गर्न गइरहेका छौँ । हामी हमासलाई परास्त गर्नेछौँ,” ती अधिकारीले भने ।
सेना प्रमुख र अन्य सैन्य अधिकारीहरू यो योजनाको विरोधमा रहेको भन्ने रिपोर्टहरूको बारेमा ती अधिकारीले भने, “यदि, यो योजना स्टाफ प्रमुखलाई स्वीकार्य छैन भने उनले राजीनामा दिनुपर्छ ।” यसैबीच, बन्धकका परिवारहरू यो प्रस्तावलाई लिएर चिन्तित रहेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस