काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिकबाट तीन थरी धारणा प्राप्त गरेको बताएका छन् ।
आजबाट सुरु भएको केन्द्रीय समितिमा बोल्ने क्रममा सभापति थापाले आफूले नागरिहरुसँग कुरा गरिरहेको र उनीहरुले अनिश्चिता, हतास र आक्रोश भेटेको बताए ।
सभापति थापाले भने–‘केही नागरिककमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन । भोलि पनि हुन्न भने हतास भएको पाउँछु । केही नागरिकलाई आक्रोश छ ।’
त्यही कारणले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को दुईदिन अघि स्टाटस र रास्वपा सभापति रवि लामिछानेको शनिबार अभिव्यक्ति आएको सभापति थापाको भनाई थियो ।
नागरिकमा रहेको आक्रोशबाट कांग्रेस खुसी नभई चिन्तित भएको बताउँदै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन पार्टी सभापति शेरबहादुर देउवालाई नागरिक हामीसँग रिसाएको भनेर आफूले गत भाद्र ८ गते संसदमा बताएको सभापति थापाले स्मरण गराए ।
साथै, उनले पार्टीको केन्द्रीय समितिको बैठकमा पनि आफूले नागरिकले प्रतिरोध गर्नसक्ने तर्फ सचेत गराएको बताए ।
त्यतिबेला केन्द्रीय समितिमा भनिएको स्मरण गर्दै उनले भने–‘जनताको बारेमा कसैले जिम्मेवारी लिनु आवश्यक छैन भनियो । नागरिक र जनताको बारेमा तिमिहरुले भनेर हुँदैन भनियो । हामीले जितेर आएका छौं भनियो ।’ सभापति थापाले आक्रोश एकमुष्ट अवस्था फागुन २१ गते व्यालेटमा देखिएको बताए ।
सभापति थापाले सरकारलाई जिम्मेवार बनाउन शासकीय अराजकताविरुद्ध आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी भएको बताए ।
सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाउँदै थापाले बैठकमा भने–‘सरकारका मन्त्रीको सम्पत्तिमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन ? यो जनताको जान्न पाउने अधिकार हो ।’
प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोप लगाए ।

.gif)

