नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०२-०२ ०४:४० मा प्रकाशित
Total Shares: 313
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको हो । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ५ हजार १ पुगेको छ ।
त्यस्तै, देशभर ७०१ जना क्वारेन्टिनमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस