भारतमा कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-१० ०७:१५ मा प्रकाशित
Total Shares: 283
नयाँदिल्ली - भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढीरहेको छ ।
यहाँका स्थानिय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । १ हजार ५ सय नयाँ संक्रमित भएका छन् ।
हालसम्म कोरोनाबाट भारतमा २० हजार संक्रमित भएका छन् भने ६ सय ४५ जनाको मृत्यु भएको छ ।
भारत कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दक्षिण एसियाली मुलुक हो ।
फेसबुक पेज Like गर्नुहोस