बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता
खबर एक्सप्रेस
२०८१-०६-१४ ०७:३२ मा प्रकाशित
Total Shares: 211
काठमाडौं - अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १९२ को पुगेको छ । ३० जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ ।
हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस