काठमाडौं - प्युठानमा जंगली च्याउ खाँदा आज एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्। जिल्लाको नौबहिनी गाँउपालिका ६ ढाखोलाका सुगम घर्ती र सुरेश घर्तीको मृत्यु भएको हो। १३ र १५ बर्षका उनीहरु दाजु भाइ हुन्।
जंगलबाट ल्याएको च्याउको तरकारी खाएपछि सिकिस्त बिरामी परेका उनीहरुलाइ जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ।
जंगली च्याउको तरकारी खाएका मृतकका आमा बुवा र एक जना दाइको अहिले उपचार भइरहेको र अबस्था सामान्य रहेको जिल्ला अस्पताल बिजुवारले जनाएको छ।

.gif)


