लिदी पहिरो अपडेट : १६ जनाको शव भेटियो, १ को जीवितै उद्धार
काठमाडौं - शनिबार थप ५ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको हो । मृतक सबैको सनाखत भएको छ ।
शनिबार जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो ।
यस्तै, शुक्रबार ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।
आज जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाण्डौमा उपचार भैरहेको छ । ९ वर्षका रुप बहादुर दोङ उपचारपछि घर फर्किएका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस