सुआरेज चम्किँदा एट्लेटिकोको जित
काठमाडौं - साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको गेटाफेलाई २–१ ले पराजित गरेको हो ।
खेलको पहिलो हाफको अन्तिम मिनेटमा एट्लेटिकोका गोलकिपर जान ओब्ल्याकले आत्मघाति गोल गरेपछि गेटाफेले अग्रता बनाएको थियो । घरेलु टोलीका स्टेफन मित्रोभिकले गरेको प्रहार गोलकिपर ओब्ल्याकलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि ७४औं मिनेटमा कार्लोस एलेना दोहोरो पहेँलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि अग्रतालाई गेटाफेले जोगाउन सकेन । ७८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । इन्ज्युरी समयमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को पूनरागमन जित दिलाए ।
जितसँगै अपराजित रहेको एट्लेटिको म्याड्रिड ६ खेलमा १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित गेटाफे अंकविहीन हुँदै पुछारमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस