गण्डकीमा बालिकासहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा - गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा कास्कीका ३, बाग्लुङका १, तनहुँका २, स्याङ्जाका २ र पूर्वी नवलपरासीका ३ जना रहेका छन् । जसमा एक बालिका पनि छन् ।
सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाको आईसोलेसनमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
योसँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ५५ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस