काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ ।

रास्वपाको चुनावचिह्न यसअघि गोलाकारभित्रको घण्टी थियो । अहिले गोलाकार हटाइ घण्टी मात्र राखिएको प्रवक्ता मुकल ढकालले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

raswapa1677654326.jpg