ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ७ जना छुटे
खबर एक्सप्रेस
२०७७-०५-२२ ०७:४३ मा प्रकाशित
Total Shares: 572
काठमाडौं - ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ७ जना रिहा भएका छन् ।
गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ७ जना आज हाजिर जमानीमा छुटेका हुन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार ६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई छोडिएको हो । निको भएपछि प्रहरी कार्यालयमा हाजिर हुने सर्तमा उनीहरूलाई छाडिएको छ । उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस