फर्कियो राष्ट्रिय क्रिकेट टोली
खबर एक्सप्रेस
२०७८-०६-०५ ०१:२५ मा प्रकाशित
Total Shares: 387
काठमाडौं - आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो ।
ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो । यस्तै अमेरिकासँग पनि एक खेल हारेको नेपालले एक खेल जितेको थियो ।
यसैबीच, मुख्य प्रशिक्षक डेभ ह्वाटमोर भने भारत पुगेका छन् । उनले यसअघिनै टोलीको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस