चीनमा विद्यार्थी चढेको बस तालमा खस्दा २१ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०३-२४ ११:०२ मा प्रकाशित
Total Shares: 275
एजेन्सी - चीनमा परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको बस तालमा खसेर दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । थप १५ जना घाइते भएका छन् । विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको बस कुसाओँ प्रान्तको एन्शुनमा मंगलबार दुर्घटना भएको हो ।
बस बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएर तालमा खसेको हो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस