आजबाट प्रधानसेनापति शर्मा अनिवार्य बिदामा, विवादित सिग्देल कायममुकायम
काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आजबाट अनिवार्य अवकाशका लागि एक महिना बिदा बस्दैछन् ।उनले आगामी २४ भदौमा अवकाश पाउँदैछन् । अवकाश हुनुभन्दा महिना दिनअघि नै सेनामा घर बिदामा बस्ने चलन छ ।सोहीअनुसार शर्मा बिहीबारदेखि बिदामा बस्न लागेका हुन् । प्रधानसेनापतिको तीनवर्षे कार्यकाल पूरा गरी शर्मा अनिवार्य अवकाशमा जान लागेका छन् ।उनले बुधबारनेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि पनि सार्वजनिक गरेका थिए ।
अब भावी प्रधानसेनापतिका रूपमा जन्म मिति कीर्तेकाण्डमा मुछिएका रथी अशोकराज सिग्देल नेतृत्वमा आउनेछन् ।१४ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।सरकारले कीर्तेकाण्ड दबाउन ४० दिनअघि नै विवादस्पद सैनिक अधिकारी सिग्देललाई कामुको जिम्मेवारी दिएको आरोप छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस