पाँचथर शुभाङमा पतिद्धारा बन्चरो प्रहार गरि पत्नीको हत्या
काठमाडौं, पाँचथर - हिलिहाङ गाउपालिका ५ साविक शुभाङमा गए राति करिव १ बजे धनबहादुर उभरकोटीले आफ्नै पत्नी दुर्गामाया पुर्कुटीको हत्या गरेका छन ।
३० बर्षीया दुर्गामायालाई सुतेको ठाँउमा करिब ३० वर्षीय धनबहादुरले पत्नीलाई बन्चरो प्रहार गरि हत्या गरेको स्थानीय धनपति उभरकोटीले जानकारी दिए । हत्यापछि धनबहादु फरार रहेको बताइएको छ । राति घरमा सुतेको समयमा मादक पदार्थसेवनका कारण हत्या गरिएको हुन सक्ने बताइएको छ ।
हत्यामा संलग्नलाइ जोरपोखरी प्रहरी चौकी, अमरपुर इलाका प्रहरी, गोपेटार प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाको टोलि घटनास्थल पुगि पीडकको खोजिकार्य जारी राखेको छ ।
घटनास्थल एकान्त ठाउमा रहेको साँथै घटना राती १ बजे मृत्यु को घटना थाहा भएको जनाउदै डिएसपी थापाले आफ्नो कमाण्डमा २५/३० जनाको टोलिले खोजीकार्य गरिरहेको बताए । थापाका अनुसार मादकपदार्थ सेवनले नै हत्या भएको भन्ने पुष्टि भइसकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस