थप ८ हजार ९८० जनामा कोरोना संक्रमण, ८ हजार ८४८ संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०२-०८ ०५:१६ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। २० हजार १०५ जनामा परीक्षण गर्दा ८ हजार ९८० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज १२९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८३ हजार ६८४ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म ५ लाख ५६ हजार ६४३ जनामा कोरोना संक्रमण देखिएको छ।
फेसबुक पेज Like गर्नुहोस