काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १४ हजार ४९२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ७२.१ प्रतिशत संक्रमितहरु निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ५६ जनाले ज्यान गुमाईसकेका छन् । २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालाबाट ७ हजार ९९३ नमुना परीक्षण गरिएको छ । मुलुकभर पाँच हजार ३३८ सक्रिय सङ्क्रमित छन् ।

यस्तै, मुलुकका ५ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।