हिम्मतिला भण्डारीको नेतृत्वमा सडक डिभिजन : काठमाडौंमा सडक सुधारको नयाँ युग
काठमाडौं - काठमाडौं उपत्यकाको सडक पूर्वाधारलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन सडक डिभिजन काठमाडौं निरन्तर सक्रिय छ। तीव्र जनसङ्ख्या वृद्धि, अनियोजित शहरीकरण र दैनिक लाखौँ सवारी साधनको चापबीच पनि सडक डिभिजनका प्रमुख नारायण दत्त भण्डारीले आफ्नो कार्यकाललाई अवसरमा रूपान्तरण गर्न सफल हुनुभएको छ।
वि.सं. २०८० असोज १४ गते जिम्मेवारी सम्हालेपछि उहाँको नेतृत्वमा ४७२ किलोमिटर सडक सञ्जालमा नियमित मर्मत–सम्भार, स्तरोन्नति र नयाँ निर्माणका काम उल्लेखनीय गतिमा अघि बढेका छन्। डिभिजनको दाबीअनुसार, अहिले यात्रुहरूले ‘खाल्डाखुल्डीमुक्त सडक’ को अनुभव गर्न थालेका छन्।
भण्डारीको कार्यकालमा मात्र ९० किलोमिटर सडक कालोपत्रे (ओभरलेसहित), ८६ हजार वर्गमिटरमा खाल्डाखुल्डी मर्मत र २५ हजार वर्गमिटर सडक सुरक्षाका लागि रङरोगन सम्पन्न भएको छ। यससँगै दुई नयाँ पुल निर्माण सम्पन्न भइसकेका छन्। वार्षिक लक्ष्यको ८० प्रतिशतभन्दा बढी काम पूरा हुनु डिभिजनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
दीर्घकालीन आयोजना
भण्डारीको नेतृत्वमा अघि बढेका केही दीर्घकालीन आयोजना उल्लेखनीय छन्।
• सडक विभागको अत्याधुनिक केन्द्रीय भवन ६० प्रतिशत प्रगतिमा पुगिसकेको छ र फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
• थानकोट–चित्लाङ सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भइसकेको छ।
• महाराजगञ्ज–धोबीखोला सडकमा ‘चाइनिज शैली’मा आधा काम सम्पन्न भइसकेको छ।
• मिनभवन र बबरमहलमा आकाशे पुल निर्माण सुरु भएको छ।
• कलंकी–नागढुंगा सडकलाई जापानी सहयोगमा बनेको खण्डसँग मिल्दोजुल्दो गुणस्तरमा ओभरले गर्ने तयारी छ।
त्यस्तै, साँखु–भोटेचौर सडक विश्व बैंकसँग सहकार्यमा स्तरोन्नति गरिएको छ भने, लामो समयदेखि बिग्रिएको पेप्सीखोला–ब्रह्मखेल सडक पनि सम्पन्न भइसकेको छ। असोज १०–१२ को अविरल वर्षातले क्षतिग्रस्त सडक छोटो समयमा पुनःस्थापना गर्नु डिभिजनको अर्को उपलब्धि हो।
सडक क्षेत्राधिकारबारे जनचेतना बढाउन सडकका पोलमा “स.वि.” लेख्ने अभियान सुरु गरिएको छ, जसले गुनासा–सुझाव प्रक्रिया सहज बनाएको छ।
भविष्यका योजनाहरू
डिभिजनले आगामी दिनका लागि पनि महत्वाकांक्षी योजना अघि बढाएको छ।
•त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटोमा फ्लाईओभर निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ, जसलाई सकारात्मक प्रतिवेदनसहित अघि बढाउने तयारी छ।
•धुलोमुक्त सडक बनाउन नागढुंगा–कलंकीको बल्खु खोलामा ‘भेहीकल वासिङ सेन्टर’ स्थापना गर्ने सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ, जसलाई पाइलट प्रोजेक्टका रूपमा कार्यान्वयन गरिनेछ।
•सडक निर्माणसँग सम्बन्धित सम्पूर्ण काम एउटै निकायमार्फत कार्यान्वयन गर्ने प्रस्ताव समेत अघि सारिएको छ, जसले प्रक्रियागत जटिलता घटाई कामको गति अझै बढाउने अपेक्षा गरिएको छ।
प्रमुख भण्डारीको भनाइ
सडक डिभिजन प्रमुख नारायण दत्त भण्डारी भन्छन्, “सडक सबै जनताको साझा सम्पत्ति हो। यसको मर्मत, स्तरोन्नति र विस्तारमा सरकार मात्र होइन, जनताको सहकार्य पनि अपरिहार्य छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस