काठमाडौं उपत्यकामा थपिए ४ हजार १०६ संक्रमित
खबर एक्सप्रेस
२०७८-०१-२४ ०५:२५ मा प्रकाशित
Total Shares: 328
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८९ जना, भक्तपुरमा ३ सय ७४ जना र ललितपुरमा ६ सय ४३ जना कोरोना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस