पीएसजीका मालिककाे दाबीः मेस्सीसँग सम्झौता नजिक
खबर एक्सप्रेस
२०७८-०४-२३ १०:४४ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - हालै क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बीच सम्झौता निष्कर्षमा पुगेको दाबी गरिएको छ ।
बार्सिलोनाले सम्झौता नविकरण गर्न नसकेपछि बाहिरिएका मेस्सीको नयाँ गन्तव्यबारे चर्चा चलिरहँदा पीएसजीका मालिक कतारी राजकुमारका भाई खालिद बिन हमाद बिन खालिफा अल थानीले मेस्सी पीएसजी आउने घोषणा गरेका हुन् । ‘सहमति औपचारिक रूपमा निष्कर्षमा पुगिसक्यो । केहीपछि घोषणा हुनेछ ।’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ।
यसअघि म्यानचेस्टर सिटीले पनि मेस्सीलाई भित्र्याउने प्रयास गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस