काठमाडौं उपत्यकामा एक हजार ३५७ जना कोरोना संक्रमित थपिए
खबर एक्सप्रेस
२०७७-०७-१५ ०४:१६ मा प्रकाशित
Total Shares: 303
काठमाडौं - काठमाडौं उपत्यका थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसमध्ये ५ सय ६९ जना महिला छन् भने बाँकी ७८८ जना पुरूष हुन्। काठमाडौंमा ६१ हजार ८ सय ५५ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४ हजार ७ सय ४६ जना निको भइसकेका छन् भने २१९ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार ८ सय ९० जना संक्रिय संक्रमित छन्।
यसैगरी, भक्तपुरमा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४८२ जना निको भइसकेका छन् भने ६६ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित ११५१ जना छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस