महाधिवेशन उद्घाटनका दिन सार्वजनिक यातायात बन्द गर्नु हुँदैन : योगेश भट्टराई
खबर एक्सप्रेस
२०७८-०८-०९ ०४:२५ मा प्रकाशित
Total Shares: 737
काठमाडौं - नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमका दिन सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएको छ । कार्यक्रममा सर्वजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल गरेन, एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । उद्घाटनका दिन (शुक्रबार) सार्वजनिक यातायात चल्न पाउनुपर्छ उनले भने ।
पार्टीको महाधिवेशनको कारण कुनैपनि खालको अवरोध हुनुहुदैँन, नेता भट्टराईले भने । स्थानीय प्रशासनले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक बाहेकका सार्वजनिक यातायातलाई रोक्ने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस