संसद सचिवालयका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२२ ०३:१६ मा प्रकाशित
Total Shares: 572
काठमाडौं - संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार उनीमा वीर अस्पतालमा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको हो ।
२ साताअघि संसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।
टोलीका सांसद यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका ८ कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । जसमा प्रवक्ता पाण्डेको रिपोर्ट पोजेटिभ आएको हो ।
फेसबुक पेज Like गर्नुहोस