काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको श्रीमान बालकृष्ण खाणलाई भेट्न मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेका छिन्। उनी सोमबार बिहान पक्राउ परेका खाणलाई भेट्न टेकु पुगेकी हुन्।

खाणलाई प्रहरीले वैशाख २७ गते मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेका १२ दिनपछि उनी श्रीमानलाई भेट्न गएकी हुन्।

बालकृष्ण खाणसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका १६ जनामाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ।