काठमाडौं - शक्रबार साझ  गुल्मीमा अविरल वर्षा ससँग आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु  भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।

बिना माझी र उनका ३ सन्तानसहित ४ जनाकोको माथीबाट खासेको पहिरोको ढुङ्गाले किचेर मृत्यु  भएको नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीयवासी पौडेलले बताए  । 

यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार  राज पन्तले पनि ४ जनाको मृत्युको खवर आएको जानकारी  दिए । उनले नाम विवरण खुल्न भने बाँकी रहेको बताए ।