पदाधिकारी छान्न सकेन माओवादीले, २-४ दिनमा प्रचण्डले नाम प्रस्ताव गर्ने
खबर एक्सप्रेस
२०७९-०३-२३ ०५:५१ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेकपा माओवादी केन्द्रको आजको केन्द्रीय समिति बैठकले पदाधिकारी छान्न सकेन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २-४ दिन भित्र पदाधिकारीको नाम प्रस्ताव गर्ने बताएका छन् ।
पदाधिकारी छान्न समय अपुग भएको उनको भनाई छ । ‘समय अपुग भयो, २-४ दिन दिनुस्, सबैलाई खुसी बनाउने गरी पदाधिकारी टुंगो लगाउँछु’ प्रचण्डले भने ।
केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस