राजनीतिमा नयाँ पुस्ताः काठमाडौंको मेयरमा उम्मेदवारी दिने र्यापर बालेन शाहकाे घाेषणा
खबर एक्सप्रेस
२०७८-०८-२९ ०८:०१ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - आउँदो बैशाखमा हुन लागेकाे स्थानीय तहको चुनावमा चर्चित र्यापर बालेन शाहले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शाहले आफ्नो फेसबुकमा लेखेका छन्,'अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।'
उनले ह्यासह्याग गर्दै बालेन फर मेयर र अब युवाको पालो भनेर पनि लेखेका छन्।
फेसबुक पेज Like गर्नुहोस