विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट पारेका छन् ।
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याए ।
‘जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेमा हामी विश्वस्त छौँ, नेपालजस्ता मुलुकका लागि राष्ट्रसंघको मार्गनिर्देशनले राष्ट्रका अस्तित्व जोगाउन सहयोग पुर्याउने छ’, प्रधानमन्त्री ओलीले भने, ‘विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्त र प्रतिबद्धताप्रति अडिग छ, शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।’
नेपालको परराष्ट्र नीतिको एक अंगका रूपमा रहेको शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराउँदै उनले दुई ठूला छिमेकीबीचमा रहेको नेपालले सबैसँग मित्रता र कसैसँग पनि शत्रुता नराख्नेको नीति कायम राखेको उल्लेख गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस