एटिएमबाट पैशा झिकेपछि सेनेटाइजर लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
खबर एक्सप्रेस
२०७७-०५-०३ ११:०४ मा प्रकाशित
Total Shares: 354
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य रुपमा हातमा स्यानिटाइजर लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एटीएमबाट पैसा निकाल्दा कोरोना संक्रमण फैलिन सक्ने भन्दै अनिवार्य रुपमा सेनिटाइजरको प्रयोग आग्रह गरेका हुन् ।
बैंकहरुले पनि एटीएम मेसिनलाई नियमित निर्मलीकरण गरिरहेको बताउँदै आएपनि त्यसले मात्र नपुग्ने उनको भनाइ थियो ।
एटीएम प्रयोग गर्ने व्यक्ति संक्रमित भएमा भाइरस सर्न सक्ने जोखिम धेरै हुने भएकोले एटीएम प्रयोग गर्नासाथ हात स्यानिटाइजर लगाउन वा धुन आग्रह गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस