चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज सुरू नहुने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएको रास्वपाको निर्वाचन आयोग स्रोतले बतायो ।

स्रोतका अनुसार आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको पनि स्रोतले बताएको छ ।