काठमाडौं - काठमाडौंको तीनकुनेमा एक पुरुषको शव फेला परेको छ । बागमती नदीले बगाएर ल्याएको अवस्थामा तीनकुने पुलमुनी पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले पुलमुनि बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त शव कसको पहिचान हुन सकेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।